मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हावाको गुणस्तर मापन उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ। मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन) बीच २०८३ साल मंसिर ३ गते सम्पन्न अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रमका अवसरमा एनरेनबाट हस्तान्तरण गरिएको उक्त उपकरण विश्वविद्यालय परिसरमा जडान गरिएको हो।
उक्त उपकरणले वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको हावाको गुणस्तरसम्बन्धी तथ्याङ्क वास्तविक समयमा मापन तथा अभिलेखीकरण गरिरहेको छ। यसबाट पार्टिकुलेट म्याटर (PM1.0, PM2.5 र PM10), कार्बन डाइअक्साइड (CO₂) लगायतका प्रदूषकहरूको मात्रा मापन गर्न र अन्य तथ्याङ्कसमेत प्राप्त गर्न सकिन्छ ।
विश्वविद्यालय परिसरको हावाको गुणस्तरसम्बन्धी वास्तविक समयको तथ्याङ्क अनलाइनमार्फत हेर्न सकिनेछ। यसका लागिhttps://hazemon.interlab.ait.ac.th/ मा गई ‘Mid-West University’ वा ‘NP-Mid-West University-421’ सर्च गरी सम्बन्धित तथ्याङ्क हेर्न सकिनेछ।