Skip to main content
क्षमता अभिवृद्धि तालिम कार्यक्रम उद्घाटन

क्षमता अभिवृद्धि तालिम कार्यक्रम उद्घाटन

News

View Gallery
Loading...


मिति २०८३ साल जेठ ८ गते मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ्ग केन्द्रीय विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा “स्मार्ट तथा व्यवहारमुखी क्षमता अभिवृद्धि तालिम” को उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू र विशेष अतिथिका रूपमा रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता तथा कार्यक्रम संयोजन सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्र बहादुर शाहीले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य ई. गोबिन्द खत्रीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका शिक्षक तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमका विशेषज्ञ/सहजिकर्ताका रूपमा उप-प्राध्यापक द्वय गंगा शाह तथा ई. धिरेन्द्र कुमार यादव रहनुभएको थियो। साथै, कार्यक्रमको उद्देश्य तथा समग्र रूपरेखाबारे जानकारी कार्यक्रम संयोजक ई. सुरेन्द्र बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रम २०८३ साल जेठ ८, ९ र १० गतेसम्म सञ्चालन हुनेछ।