Skip to main content
एक वर्षे बी.एड. कार्यक्रमसम्बन्धी क्षमता विकास तालिम सुरु

एक वर्षे बी.एड. कार्यक्रमसम्बन्धी क्षमता विकास तालिम सुरु

News

View Gallery
Loading...

मिति २०८३ साल मंसिर ८ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिनको कार्यालयद्वारा विश्वविद्यालयका प्राध्यापकहरूका लागि आयोजित एक वर्षे बी.एड. कार्यक्रमसम्बन्धी तीन दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको छ। मंसिर ८ देखि १० गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकी रोशनी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, विषयगत विभागका प्रमुख, क्याम्पस प्रमुख तथा टेक्सेस परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तालिमको उद्देश्य विश्वविद्यालयका शिक्षकहरूको क्षमता विकास गर्दै एक वर्षे बी.एड. कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनु रहेको छ।

तालिममा पाठ्यक्रमको समग्र अवधारणा, डिजिटल शिक्षण विधि, उच्च शिक्षामा उदीयमान प्रवृत्ति, मुडल मार्फत अनलाइन पाठ्यक्रम विकास, डिजिटल सिकाइ सामग्री निर्माण तथा विद्यार्थीको सक्रिय सहभागिता अभिवृद्धिजस्ता विषयमा प्रस्तुतीकरण तथा अभ्यास सञ्चालन भईरहेका छन् । साथै कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग, समावेशी डिजिटल शिक्षण, माइक्रोसफ्ट टिम्समार्फत अनलाइन कक्षा व्यवस्थापन र मिश्रित सिकाइसम्बन्धी विषयहरू पनि समेटिएका छन्।