Skip to main content
एडुरोम स्थापनाका लागि सिस्को नेक्सस ३००० सिरिज स्विच हस्तान्तरण

एडुरोम स्थापनाका लागि सिस्को नेक्सस ३००० सिरिज स्विच हस्तान्तरण

News

View Gallery
Loading...

मिति २०८३ साल बैशाख ६ गते नेपाल एजुकेशन एण्ड रिसर्च नेटवर्क (एनरेन) द्वारा मध्यपश्चिम विश्वविद्यालयमा एडुरोम सेवा स्थापनाका लागि ‘सिस्को नेक्सस ३००० सिरिज स्विच’ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त स्विच मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार, प्रा. डा. शोभाखर कँडेलज्यूलाई एनरेनका तर्फबाट सिनियर नेटवर्क इन्जिनियर निरज आचार्य तथा सिस्टम एडमिनिस्ट्रेटर इन्जिनियर निराजन पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत सूर्यबहादुर थापा लगायत विश्वविद्यालयका विभिन्न कर्मचारीहरूको उपस्थिति रहेको थियो।

एनरेन र मध्यपश्चिम विश्वविद्यालयबीच विगत लामो समयदेखि नेटवर्क विस्तार, क्षमता अभिवृद्धि तथा अनुसन्धानका क्षेत्रमा सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत विश्वविद्यालयमा एडुरोम सेवा स्थापनाको कार्य हाल अन्तिम चरणमा पुगेको छ।

एडुरोम सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र सहज रिसर्च नेटवर्कको पहुँच प्राप्त गर्ने विश्वास लिइएको छ।