मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी तथा कर्णाली प्रदेश सरकारका नेतृत्वबीच शिष्टाचार भेट सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी तथा कर्णाली प्रदेश सरकारका नेतृत्वबीच शिष्टाचार भेट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त भेटघाट कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलज्यू, माननीय आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहज्यू, माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यू तथा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीज्यू सहभागी हुनुहुन्थ्यो।
विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू, रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यू, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा विश्वविद्यालय परिषद्का सदस्यसचिव डा. विष्णुकुमार खड्काज्यू तथा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीज्यू सहभागी हुनुहुन्थ्यो।
भेटघाटका क्रममा कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच शिक्षा, अनुसन्धान, नवप्रवर्तन, पुस्तकालय, जनशक्ति विकास तथा प्रदेशको समग्र सामाजिक–आर्थिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। साथै प्रदेश सरकार र विश्वविद्यालयबीचको संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी समन्वय र सहकार्यका माध्यमबाट कर्णाली प्रदेशको विकासमा योगदान पुर्याउने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।