विभिन्न ग्र्याजुएट स्कुलमा डिन नियुक्त
मिति २०८३ साल जेष्ठ १२ गते मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार विश्वविद्यालय अन्तर्गत रिक्त रहेका विभिन्न ग्र्याजुएट स्कुलका डिन पदहरूमा अर्काे व्यवस्था नभएसम्मका लागि नियुक्ति गरिएको छ ।
निर्णयअनुसार सहप्रा. डा. पूर्णमान श्रेष्ठज्यूलाई ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट तथा ग्र्याजुएट स्कुल अफ ल र सहप्रा. डा. आनन्द प्रसाद सुवेदीज्यूलाई ग्र्याजुएट स्कुल अफ ह्यूमानिटिज एण्ड सोसल साइन्सेस तथा ग्र्याजुएट स्कुल अफ एजुकेसनको डिन पदमा नियुक्ति गरिएको छ।
त्यसैगरी सहप्रा. डा. दिपक राज अधिकारीज्यूलाई ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी तथा ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ्ग र सहप्रा. डा. करण सिंह धामीज्यूलाई ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रिको डिनको जिम्मेवारी प्रदान गरिएको छ ।
उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले नवनियुक्त डिनहरूलाई नियुक्ति पत्र वितरण गर्नुभएको भने सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शैक्षिक तथा प्रशासनिक नेतृत्व अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूको समुपस्थिति रहेको थियो।