Skip to main content
विश्वविद्यालयका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न

विश्वविद्यालयका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न

News

View Gallery
Loading...

मिति २०८३ साल जेठ ५ गते माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, मन्त्रालयका सचिवज्यू, तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू लगायत देशभरिका विभिन्न १० विश्वविद्यालयका उपकुलपतिज्यूहरूको सहभागितामा विश्वविद्यालयका समसामयिक विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विशेष गरी विश्वविद्यालयहरूको वर्तमान अवस्था, कामकाज, भावी योजना तथा शैक्षिक गतिविधिबारे विस्तृत अन्तरक्रिया गरिएको थियो। साथै विश्वविद्यालयका क्रियाकलाप प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमहरूबारे समेत छलफल भएको थियो।

यसै क्रममा उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले संघीय सांसदज्यूहरू, अर्थ मन्त्रालयका सचिवज्यू तथा सहसचिवज्यूहरूसँग भेटघाट गरी विश्वविद्यालयका लागि ४४ वटा दरबन्दी स्वीकृत गराउन तथा थप पूँजीगत बजेट व्यवस्थापनका विषयमा आवश्यक परामर्श एवं पहल गर्नुभएको छ।