अभ्यास अदालत (मूट कोर्ट) सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सुरु
मध्यपश्चिम विश्वविद्यालयमा अभ्यास अदालत (मूट कोर्ट) सम्बन्धी पाँच दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा जेठ २६ गतेदेखि सुरु भएको छ ।
सहभागीहरुमा कानूनको व्यावहारिक ज्ञान एवम् दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ लको आयोजना र विश्वविद्यालय अनुदात्त आयोगको सहयोगमा सो तालिम सुरु गरिएको हो ।
प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यू र विशेष अतिथि रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहितका वक्ताहरुले कानूनलाई सैद्धान्तिक अध्ययनमा मात्र सीमित नराखी व्यावहारिक अभ्याससँग जोड्नुपर्नमा जोड दिंदै सहभागीहरूलाई तालिमबाट भरपूर लाभ लिन सुझाउनुभयो ।
उद्घाटन कार्यक्रममा डीन, कार्यकारी निर्देशक, प्रशिक्षक, प्राध्यापक तथा कानून विषय अध्ययनरत विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
आयोजक स्कूलका डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहप्रा. विनयकुमार झा र संचालन सहप्रा. रविलाल भट्टले गर्नुभएको थियो ।