Skip to main content
माननीय सहकुलपतिज्यूद्वारा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण सम्पन्न

माननीय सहकुलपतिज्यूद्वारा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण सम्पन्न

News

View Gallery
Loading...

“माननीय सहकुलपतिज्यूद्वारा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण सम्पन्न”

मिति २०८३ साल असार २ गते माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलज्यूले मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण गर्नुभएको छ।

विश्वविद्यालयको १६औँ वार्षिकोत्सव, १८औँ सिनेट तथा चौथो दीक्षान्त समारोहको पूर्वसन्ध्यामा सम्पन्न उक्त अवलोकन भ्रमण कार्यक्रममा माननीय सहकुलपतिज्यूले विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी गतिविधिहरू, भौतिक पूर्वाधारको अवस्था तथा समग्र प्रगतिबारे स्थलगत जानकारी लिनुभएको थियो। साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणका लागि सुझाव एवं निर्देशन प्रदान गर्नुका साथै आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

भ्रमण कार्यक्रममा माननीय रमेश सापकोटाज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू, रजिष्ट्रार सहप्रा. डा. अर्जुन बहादुर अयडीज्यू, पूर्व उपकुलपतिद्वय केदारभक्त माथेमाज्यू तथा प्रा. डा. उपेन्द्र कोइरालाज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार दीपा दाहालज्यू डीन सह-प्रा. डा. करन सिंह धामीज्यू, कार्यकारी निर्देशकद्वय डा. विष्णु कुमार खड्काज्यू र यदु प्रसाद ज्ञवालीज्यू लगायत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

अवलोकन भ्रमणका क्रममा रामघाटस्थित ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री, ग्र्याजुएट स्कुल अफ ल ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेज, केन्द्रीय पुस्तकालय लगायत विश्वविद्यालयका विभिन्न निकायहरूको निरीक्षण तथा अवलोकन गरिएको थियो। सो अवसरमा सम्बन्धित निकायका प्रमुखहरूले आफ्नो निकायको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउनुका साथै भावी योजना र आवश्यकताका विषयमा समेत अवगत गराउनु भएको थियो।

त्यसै गरी उक्त टोलीले भ्रमणकै क्रममा कर्णाली प्रदेश रंगशाला, सुर्खेत बहुमुखी क्याम्पस, रामघाट स्थित हिमशिखर बहुमुखी क्याम्पस, शिखर माध्यमिक लगायतका विद्यालयहरुको समेत अवलोकन भ्रमण गर्नुभएको थियो।