Skip to main content
प्रथम स्नातक तह कृषि संगोष्ठी २०२६ को उद्घाटन सम्पन्न

प्रथम स्नातक तह कृषि संगोष्ठी २०२६ को उद्घाटन सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीद्वारा आयोजित “प्रथम स्नातक तह कृषि संगोष्ठी–२०२६” को उद्घाटन सत्र मिति २०८३ साल साउन २१ गते रामघाट, सुर्खेतमा सम्पन्न भएको छ। “शिक्षण तथा अनुसन्धानमा नवप्रवर्तनमार्फत कृषि रूपान्तरण” भन्ने मूल विषयसहित साउन २१ र २२ गते सञ्चालन हुने उक्त संगोष्ठीको उद्घाटन विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीका उप-प्राध्यापक हरि प्रसाद सुवेदीज्यूले गर्नुभएको थियो।

उद्घाटन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू, पूर्व उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू, भेरीगंगा नगरपालिकाका प्रमुख, विभिन्न संकायका डिन, कार्यकारी निर्देशक, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, लि-वर्ड, साहास, हेल्भेटास लगायतका संस्थाका विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि अनुसन्धानसँग सम्बन्धित विविध विषयमा तीनवटा प्रमुख कार्यपत्र प्रस्तुत गरिएको थियो।

दुईदिने संगोष्ठीमा ४४ जना स्नातक तहका विद्यार्थीहरूले आफ्ना अनुसन्धानमूलक कार्यहरू प्रस्तुत गर्नेछन्, जसको मूल्याङ्कन विषयविज्ञहरूद्वारा गरी अन्तिम शोध प्रतिवेदन (थेसिस) तयारीका लागि आवश्यक सुझाव प्रदान गरिनेछ। उक्त संगोष्ठीले कृषि शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।