मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिनको कार्यालयद्वारा आयोजित एकवर्षे बी.एड. पाठ्यक्रम विकास सम्बन्धी तीनदिने कार्यशालाको उद्घाटन २०८३ साल साउन १५ गते सम्पन्न भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको प्रमुख आतिथ्यता तथा ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपकुलपति डा. सुवालज्यूले प्रस्तावित एकवर्षे बी.एड. कार्यक्रम तथा पाठ्यक्रमबारे आफ्नो धारणा व्यक्त गर्दै कार्यशालाले गुणस्तरीय, समयसापेक्ष र प्रभावकारी पाठ्यक्रम निर्माण तथा कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, पूर्व पदाधिकारी, प्राध्यापक, विषयविज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त कार्यशाला नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (टेक्सेस) नेपालको सहयोगमा सञ्चालन भइरहेको छ।