स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रमको सम्भाव्यता अध्ययनका लागि कार्यदलको बैठक सम्पन्न
मिति २०८३ भदौ २ गते ग्र्याजुएट स्कुल अफ हेल्थ साइन्सअन्तर्गतका कार्यक्रमहरूको सम्भाव्यता अध्ययन गर्न गठित स्वास्थ्य विज्ञान सम्भाव्यता अध्ययन कार्यदलको बैठक सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको विशेष आतिथ्यमा तथा कार्यदलका संयोजक डा. विष्णुकुमार खड्काज्यूको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा ग्र्याजुएट स्कुल अफ हेल्थ साइन्सअन्तर्गत सञ्चालन गर्न प्रस्तावित कार्यक्रमहरूको सम्भाव्यता, हालसम्म भएका अध्ययन तथा प्रगतिका विषयमा छलफल गरिएको थियो। बैठकले उपलब्ध तथ्य तथा विवरण र हालसम्म सम्पन्न कार्यहरूको समीक्षा गर्दै आवश्यक थप अध्ययन तथा अनुसन्धानका आधारमा आगामी शैक्षिक सत्रदेखि कम्तीमा दुईवटा स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।
बैठकमा स्वास्थ्य विज्ञान सम्भाव्यता अध्ययन कार्यदलका सदस्यहरू डा. लक्ष्मीप्रसाद आचार्य, डा. यदुप्रसाद ज्ञवाली, प्रा. डा. चन्द्रप्रसाद रिजाल र वृषबहादुर शाहीलगायत उपकुलपति सचिवालयका सदस्यहरूको उपस्थिति रहेको थियो।