Skip to main content
मध्यपश्चिम विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय पुस्तकालय भवन अनुगमन

मध्यपश्चिम विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय पुस्तकालय भवन अनुगमन

News

View Gallery
Loading...


मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय विभाग परिसरमा निर्माणाधीन केन्द्रीय पुस्तकालय भवन साउन ६ गते अनुगमन गरिएको छ ।

चालू आर्थिक वर्ष २०८३/०८४ को आरम्भ भएसँगै मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यू र रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहितको टोलीद्वारा विश्वविद्यालयको उक्त निर्माणाधीन भवनको बुधबार स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा उपकुलपति सुवालज्यू र रजिष्ट्रार अयडीज्यूले निर्माण कार्यको हालसम्मको प्रगति, भवनको गुणस्तर तथा सुधार गर्नुपर्ने विषयमा निर्माण व्यवसायी सहित सरोकारवालाबाट जानकारी लिई गुणस्तरीय भवन हस्तान्तरण गर्न आवश्यक सुझाव दिनुभएको थियो ।

सो अवसरमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का,पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य , ग्र्याजुएट स्कुल अफ एजुकेसन केन्द्रीय विभागका प्रमुख चन्द्रप्रकाश आचार्य, इन्जिनियर गोविन्द खत्री सहित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरु र निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।