विश्वविद्यालयको निर्माणाधीन परीक्षा भवनको अनुगमन सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतस्थित निर्माणाधीन परीक्षा भवनको असार २६ गते अनुगमन गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यूको नेतृत्वमा रहेको टोलीद्वारा विश्वविद्यालयको उक्त निर्माणाधीन भवनको शुक्रबार स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा रजिष्ट्रार सहप्रा. डा. अयडीज्यूले निर्माण कार्यको प्रगति, गुणस्तर तथा कार्यान्वयनको अवस्थाबारे प्राविधिक टोली, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षबाट जानकारी लिनुभयो ।
उहाँले भवनमा देखिएका केही प्राविधिक तथा व्यवस्थापकीय कमीकमजोरी सुधार गर्न सुझाव दिँदै निर्धारित समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
सो अवसरमा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीसहित प्राविधिक टोली तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।