मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीद्वारा कृषि क्याम्पस र भेरी बहुमुखी क्याम्पसको अनुगमन सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूको नेतृत्वमा डिन तथा निर्देशकसहितको पदाधिकारी टोलीद्वारा असार ७ गते रामघाटस्थित कृषि क्याम्पस तथा गुमीस्थित भेरी बहुमुखी क्याम्पसको स्थलगत अनुगमन भ्रमण तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
अनुगमनका क्रममा टोलीले दुवै क्याम्पसको समग्र अवस्था, सञ्चालनमा रहेका शैक्षिक तथा प्रशासनिक कार्यक्रमहरूको प्रगति र वर्तमान अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको थियो । साथै, क्याम्पसको प्रभावकारी सञ्चालन, गुणस्तर अभिवृद्धि तथा आवश्यक सुधारका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो।
कार्यक्रममा डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदी, सह-प्रा. डा. दीपक राज अधिकारी, सह-प्रा. डा. करण सिंह धामी एवं कार्यकारी निर्देशकद्वय डा. विष्णु कुमार खड्का र डा. यदु प्रसाद ज्ञवाली लगायत सम्बन्धित क्याम्पसका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।