Skip to main content
एमफील विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सुरु

एमफील विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सुरु

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्राजुएट स्कुल अफ म्यानेजमेन्टद्वारा सञ्चालित दर्शनाचार्य (एमफील) कार्यक्रममा भर्ना भएका छैटौं ब्याचका नयाँ विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगर, सुर्खेतमा वैशाख ४ गतेदेखि सुरु भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, विशेष अतिथि विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापाज्यू र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यूले अनुसन्धानमा आधारित उच्च शिक्षा एमफील तहको अध्ययनले समाजमा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा सहभागी २० जना विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै एमफील तहको अध्ययन संरचना, अनुसन्धान प्रक्रिया, प्राज्ञिक लेखन, सिकाइ व्यवस्थापन प्रणाली,मूल्याङ्कन पद्दति जस्ता विषयमा प्रशिक्षित गरिनेछ ।

कार्यक्रममा विषयविज्ञका रूपमा प्रा. डा. ध्रुवकुमार गौतम, प्रा. डा. नारायणप्रसाद पौडेल, प्रा. डा. चन्द्रप्रसाद रिजाल, सहप्रा. डा. अमृतकुमार शर्मा गैरे तथा सहप्रा. डा. पूर्णमान श्रेष्ठ लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रमा विभिन्न ग्राजुएट स्कूलका डीन, कार्यकारी निर्देशक तथा सरोकारवाला पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य विश्वविद्यालय सेवा आयोगका सदस्य सहप्रा. डा. अमृतकुमार शर्मा गैरेले र सञ्चालन प्रा. डा. चन्द्रप्रसाद रिजालले गर्नुभएको थियो ।