Skip to main content
योजना विकास तथा अनुगमन परिषद्को बैठक सम्पन्न

योजना विकास तथा अनुगमन परिषद्को बैठक सम्पन्न

News

View Gallery
Loading...


मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक जेठ १८ गते सोमबार सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति तथा परिषद्का अध्यक्ष प्रा. डा. नारायण प्रसाद पौडेलज्यूको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, योजना तथा कार्यक्रम अनुरुप बजेट सिलिङ आवश्यक छलफल सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहित परिषद्का सदस्य तथा आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो । परिषद् सदस्यका रूपमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका डीनहरू, विज्ञ सदस्य तथा आमन्त्रित प्राध्यापक कर्मचारीहरूले विश्वविद्यालयको समग्र विकासलाई केन्द्रमा राख्दै योजना प्राथमिकीकरण, आय–व्यय सन्तुलन, स्रोत व्यवस्थापन तथा कार्यान्वयन पक्षलाई थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू राख्नुभएको थियो।

बैठकका अध्यक्ष उपकुलपति प्रा. डा. पौडेलज्यूले उपलब्ध स्रोतसाधन र सम्भावित स्रोतहरुलाई दृष्टिगत गरी यथार्थपरक एवम् परिणाममुखी बजेट सिलिङ तोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रस्तावित कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा रजिष्ट्रार सहप्रा. डा. अयडीज्यूले धरातलीय यथार्थतालाई मनन् गरी हाम्रा नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो । बैठकको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा परिषद्का सदस्यसचिव डा. विष्णुकुमार खड्काज्यूले गर्नुभएको थियो।