Skip to main content
मध्यपश्चिम विश्वविद्यालयका कार्यकारी निर्देशक डा. खड्काको कविता संग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन

मध्यपश्चिम विश्वविद्यालयका कार्यकारी निर्देशक डा. खड्काको कविता संग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काद्वारा लिखित कविता संग्रह ‘म बनाउँछु मेरो देश’ को विमोचन गरिएको छ।विश्वविद्यालयद्वारा आयोजित अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित विशेष कार्यक्रममा उक्त कृतिको विमोचन प्राज्ञ, लेखक तथा अध्येताहरूको उल्लेखनीय उपस्थितिमा शनिवार सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी विद्वत् समुदायले कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको भन्दै यसको महत्वमाथि चर्चा गरेका थिए।विमोचन समारोहमा वक्ताहरूले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

लेखक डा. खड्काले आफ्नो कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारीबोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता संग्रह तयार पारिएको बताए। उनले साहित्यमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने आफ्नो प्रयास रहेको पनि उल्लेख गरे।

कार्यक्रममा नेपाल सरकारका निवर्तमान मन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वान प्रा. डा. जीवेन्द्रदेव गिरी र प्रा. डा. रामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।