Skip to main content
मध्यपश्चिम विश्वविद्यालयको १८ औँ सभाको पूर्वतयारी बैठक सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयको १८ औँ सभाको पूर्वतयारी बैठक सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालयको आसन्न १८ औँ सभाको पूर्वतयारी बैठक असार १ गते, सोमबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

आगामी असार ३ गते हुने सभालाई व्यवस्थित गर्न रिहर्सल स्वरुप उपलब्ध सिनेटरहरुको समुपस्थितिमा प्रस्तावित नीति, योजना, कार्यक्रम तथा बजेट सहितका एजेण्डाबारे छलफल गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त पूर्व तयारी सभाको सञ्चालन सभाका सदस्यसचिव रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यूले गर्नुभएको थियो ।

बैठकमा विश्वविद्यालय सभा, दीक्षान्त समारोह तथा स्थापना दिवसलाई सफल तुल्याउन आवश्यक पूर्वतयारी, व्यवस्थापन, समन्वय तथा कार्यक्रम सञ्चालनका विविध विषयमा छलफल गरिएको थियो।