Skip to main content
गुणस्तर सुनिश्चितता समितिको बैठक सम्पन्न

गुणस्तर सुनिश्चितता समितिको बैठक सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय गुणस्तर सुनिश्चितता समितिको पूर्ण बैठक असार ९ गते वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायान प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले सरोकारवाला बीच गहन छलफल गर्दै उक्त बैठक मंगलवार सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यूले अब विश्वविद्यालय गुणस्तर सुनिश्चितताको दिशातर्फ अघि बढ्नुको विकल्प नरहेको बताउँदै सम्पूर्ण निकाय प्रमुखहरुलाई निर्धारित मापदण्ड अनुरूप कार्ययोजना बनाई आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले विश्वविद्यालयलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न सबै पक्षले समन्वय,सहकार्य एवं पूर्ण प्रतिबद्धताका साथ निरन्तर कार्य गर्न सुझाउनुभयो ।

उपकुलपति पौडेलले कसैको मुख थुन्ने नभई सबैको विचार सुन्ने र साझा मन्थनबाट प्राप्त सकारात्मक विचारलाई पूँजीका रुपमा ग्रहण गर्दै नेतृत्व सदैव दृढतापूर्वक अघि पढ्ने बताउनुभयो ।

उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य समेत रहेका विभिन्न ग्र्याजुएट स्कूलका डीन, आमन्त्रित कार्यकारी निर्देशक, केन्द्रीय विभाग एवं कार्यक्रमका प्रमुख तथा अधिकृतहरुले निकायगत अवस्था, चुनौती र् सम्भावनाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकको सहजीकरण समितिका सदस्य- सचिव पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको थियो भने निर्देशनालयका प्रशासन प्रमुख एवं विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले छलफलमा उठेका विषय टिपोट गर्नुभएको थियो ।