अन्तरराष्ट्रिय सम्मेलनको दोस्रो दिन उत्साहपूर्ण सहभागिता सहित विविध सत्रहरू सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय सम्मेलन–२०२६ को दोस्रो दिन विविध प्यानल सत्र, प्राविधिक सत्र तथा अन्य कार्यक्रमहरूसहित सफलतापूर्वक सम्पन्न भएको छ।
दोस्रो दिन विशेषगरी उद्यमशीलता र कर्णालीको सम्भावना विषयक प्यानल सत्रले कर्णाली प्रदेशको आर्थिक तथा उद्यमशील सम्भावनाबारे महत्वपूर्ण छलफल अघि बढाएको थियो। यसका साथै विभिन्न विधामा विज्ञहरूद्वारा प्रमुख वक्तव्य तथा प्लेनरी सत्रमार्फत महत्वपुर्ण विचार प्रस्तुत गरिएका थिए।
त्यसैगरी भर्चुअल माध्यमबाट ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण र आर्थिक विकासमा प्रवासी समुदायको भूमिका लगायतका विषयमा प्यानल सत्रहरू सम्पन्न भएका थिए, जसले नेपालको आर्थिक रूपान्तरणमा प्रवासी नेपालीहरूको भूमिकामाथि गहिरो बहस सिर्जना गरेको थियो।
सम्मेलनको दोस्रो दिन अनुसन्धान क्षेत्रमा क्रियाशील विभिन्न देशका व्यक्तित्वहरूको भौतिक एवं भर्चुअल माध्यम द्वारा उत्साहजनक सहभागिता रहेको थियो। भोलि सम्मेलनको अन्तिम दिन विभिन्न प्राविधिक तथा प्यानल सत्रहरूसँगै समापन समारोह आयोजना हुने कार्यक्रम रहेको छ।