शिक्षा, संस्कार र नेतृत्व'को दोस्रो शृङ्खला सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय, सिर्जनशील विद्यार्थी सञ्जालद्वारा हरेक महिना आयोजना हुने 'शिक्षा, संस्कार र नेतृत्व'को दोस्रो शृङ्खला २०८३ असार २० गते सम्पन्न भएको छ ।
उक्त शृङ्खलामा प्रमुख अतिथि वक्ताका रूपमा वरिष्ठ पत्रकार, प्रसिद्ध कवि, अभियान्ता एवम् राजनीतिज्ञ रवीन्द्र मिश्रज्यूको उपस्थिति रहेको थियो । उहाँले विद्यार्थीहरूलाई शिक्षा, संस्कार र नेतृत्वको जगमा उज्वल भविष्यतर्फ उन्मुख हुनका लागि प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू लगायत प्राध्यापक, कर्मचारी र २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन दीपक उपाध्यायले गर्नुभएको थियो ।