“१६औँ स्थापना दिवसमा मानव सेवा आश्रममा खाजा वितरण”
Loading...
मध्यपश्चिम विश्वविद्यालयको १६औँ स्थापना दिवसको अवसरमा विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रम बीच मानव सेवा आश्रममा खाजा वितरण तथा सेवामूलक कार्यक्रम सम्पन्न भएको छ।
असार ३ गते सम्पन्न उक्त कार्यक्रमको संयोजन ग्र्याजुएट स्कुल अफ अग्रिकल्चार एण्ड फरेस्ट्रीका डिन सह–प्रा. डा. करन सिंह धामीज्यूले गर्नुभएको थियो भने कार्यक्रममा उप-प्राध्यापक कृष्ण बोहरा, कर्मचारी सिन्धु दहाल, ई. सुनील तिवारी, र भरत धमला सहित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यस कार्यले विश्वविद्यालयको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै मानव सेवा र सामुदायिक सहभागिताप्रतिको सकारात्मक सन्देश प्रवाह गरेको छ ।