Skip to main content
जिआईएस सम्बन्धी ३ दिने कार्यशाला सुरु

जिआईएस सम्बन्धी ३ दिने कार्यशाला सुरु

News

View Gallery
Loading...

मिति २०८३ साल जेष्ठ १ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा ‘जिआईएस’ सम्बन्धी ३ दिने कार्यशालाको उद्घाटनसँगै कार्यक्रम सञ्चालन भएको छ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्र्याजुएट स्कुल अन्तर्गत जीव विज्ञान तथा रसायन शास्त्र केन्द्रीय विभागको आयोजनामा सञ्चालित उक्त कार्यक्रमको औपचारिक उद्घाटनसँगै विज्ञहरुद्वारा विभिन्न प्राविधिक तथा प्रयोगात्मक सत्रहरू सञ्चालन गरिएका थिए।

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागको कम्प्युटर प्रयोगशालामा सञ्चालन भएको उक्त कार्यशालाको पहिलो दिन विज्ञका रूपमा उप-प्रा. डा. पुष्पराज आचार्य, उप-प्रा. पन्चदेव भट्ट तथा जिआईएस एक्सपर्ट विष्णु महर्जनले विभिन्न सत्रहरूको सहजीकरण गर्नुभएको थियो।

कार्यशालामा भू-स्थानिक तथ्याङ्क व्यवस्थापन, नक्साङ्कन, रिमोट सेंसिंङ, भू-तथ्य भण्डारण तथा नक्सा तयार गर्ने सम्बन्धी विभिन्न व्यावहारिक अभ्यासहरू समेटिएका छन्।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा प्राध्यापक, अनुसन्धानकर्ता तथा विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। प्राकृतिक स्रोतको व्यवस्थापन, स्रोत नक्साङ्कन, वातावरणीय अध्ययन, भू-उपयोग योजना र अनुसन्धान तथा विभिन्न क्षेत्रका नक्सा निर्माण कार्यमा कार्यशालामा प्रदान गरिने व्यावहारिक ज्ञान उपयोगी हुने अपेक्षा गरिएको छ।