Skip to main content
एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको दुई दिने पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सम्पन्न

एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको दुई दिने पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन डिनको कार्यालयको आयोजनामा एमआईसीडि ललितपुरमा मिति २०८३ बैशाख ५ र ६ गते दुई दिन सम्म सञ्चालन भएको एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको दुई दिने पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सम्पन्न भएको छ ।

ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन प्रा. डा. यमबहादुर कार्कीज्यूको अध्यक्षता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उपकुलपति प्रा.डा. ध्रुब कुमार गौतमज्यूले विश्वविद्यालयमा अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस प्रकारका पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको थियो ।

दुई दिने कार्यशालाको पहिलो दिनको प्रस्तुति तथा छलफल सत्रमा दोस्रो सेमेस्टर अन्तर्गतका विभिन्न विषयहरू सम्बन्धित विषय विज्ञहरु प्रा. डा. जय राज आचार्य, प्रा. डा. हरि प्रसाद उपाध्याय, प्रा. डा. दीपबहादुर अधिकारी, प्रा. डा. रमेश अधिकारी, सह प्रा. डा. बिष्णु खनाल र सह प्रा. डा. गङ्गा राम गौतमले प्रस्तुतिकरण गर्नु भएको थियो भने दोस्रो दिनमा सम्बन्धित विषय विज्ञहरु प्रा. डा. प्रेम नारायण अर्याल, प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. बासुदेव काफ्ले, प्रा. डा. पेशल खनाल, प्रा. डा. बेद राज आचार्य, प्रा. डा. भीमसेन देवकोटा, सहप्रा. डा. हर्क बहादुर शाही र डा. दिनेश घिमिरेले प्रस्तुतिकरण गर्नु भएको थियो । प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकहरूद्वारा समीक्षा तथा अन्तरक्रियात्मक छलफल भएको थियो ।

कार्यशालामा एमाइसिडिका निर्देशक कमलेश डिसी, उपप्राध्यपकहरु जसबिर रोका, हरिजंग शाह, गोपाल वि.सी. र कुशल बोहराको सक्रिय सहभागिता रहेको थियो । दुई दिने कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा डीन प्रा. डा. यमबहादुर कार्कीज्यूले शैक्षिक गुणस्तर, अनुसन्धानको सुदृढीकरण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनप्रति विश्वविद्यालयको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यशालाको संचालन तथा सहजीकरण उपप्रा. भिम बहादुर रोकायाले गर्नु भएको थियो ।