Skip to main content
आईटी फोकल पर्सनका लागि दुईदिने कार्यशाला सम्पन्न

आईटी फोकल पर्सनका लागि दुईदिने कार्यशाला सम्पन्न

News

View Gallery
Loading...

मिति २०८२ साल चैत्र २८ र २९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूको अध्यक्षतामा “आईटी फोकल पर्सन” हरूका लागि दुईदिने तालिम/कार्यशाला सम्पन्न भएको छ। विश्वविद्यालयभित्र सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यशाला MU-DAS अन्तर्गत निर्माण भएका विभिन्न डिजिटल प्रणालीहरूको प्रभावकारी कार्यान्वयनलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई ती प्रणालीहरूको प्रयोग, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यशालाको सहजीकरण केन्द्रीय आइसीटी इकाइ र सिस्टम डेभलपर कम्पनी मिटिङ पोइन्ट प्रा. लि. का विज्ञहरूले गर्नुभएको थियो।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डिन सह-प्रा. डा. राजन सुवालज्यू, अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा सूचना प्रविधि समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीज्यू, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काज्यू, केन्द्रीय आइसीटी इकाइका संयोजक तथा सदस्यहरू, साथै विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका आईटी फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।

कार्यशालाको मुख्य उद्देश्य विश्वविद्यालयका प्रत्येक निकायमा MU-DAS अन्तर्गत निर्माण भएका विभिन्न डिजिटल प्रणालीहरूको प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्नु रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गरी विश्वविद्यालयको डिजिटल रूपान्तरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।