मध्यपश्चिम विश्वविद्यालयमा दुई शोधार्थी विद्यावारिधि उपाधि प्राप्त गर्न सफल
मिति २०८३ साल साउन ३० गते मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टमा दुई शोधार्थीको विद्यावारिधि तहको अन्तिम मौखिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।
शोधार्थी हरिन्द्र के.सी. ले “नेपालको कर्णाली प्रदेशको बैंकिङ तथा बीमा क्षेत्रमा कर्मचारी सशक्तीकरण, नैतिक वातावरण र संगठनात्मक सहयोगको कर्मचारी टिकाइमा प्रभाव” तथा गोविन्द के.सी. ले “नेपालको कर्णाली प्रदेशका आदिवासी जनजातिहरूमा उद्यमशील व्यवहार” शीर्षकमा आ-आफ्नो शोध प्रस्तुत गरी सफलतापूर्वक प्रतिरक्षा गर्नुभएको हो।
ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन तथा अनुसन्धान समितिका अध्यक्ष सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न अन्तिम मौखिक परीक्षामा अनुसन्धान समितिका सदस्य, शोध निर्देशक तथा बाह्य मूल्याङ्कनकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समितिका सदस्य प्रा. डा. नारायण प्रसाद पौडेल, प्रा. डा. चन्द्र प्रसाद रिजाल सह-प्रा. डा. अमृत कुमार शर्मा गैरे, सह-प्रा. डा. आनन्द प्रसाद सुवेदी उपस्थित रहनुभएको थियो। बाह्य मूल्याङ्कनकर्ताका रूपमा प्रा. डा. भोजराज आर्याल, प्रा. डा. अरहन स्थापित र प्रा. डा. नितिन पाठक सहभागी हुनुहुन्थ्यो।
शोधार्थीहरूले आफ्ना अनुसन्धानका निष्कर्ष, विधि, योगदान तथा प्रभावबारे प्रस्तुत गर्दै मूल्याङ्कनकर्ताहरूबाट उठाइएका प्रश्न तथा जिज्ञासाको शैक्षिक रूपमा प्रतिरक्षा गर्नुभएको थियो। सफल शोधार्थीद्वयलाई सोही अवसरमा व्यवस्थापन विषयमा विद्यावारिधि उपाधि प्रदान गरिएको थियो।
साथै उक्त कार्यक्रममा डा. हरिन्द्र के.सी. र डा. गोविन्द के.सी. लाई सफल विद्यावारिधि प्रतिरक्षाका लागि हार्दिक बधाई तथा आगामी शैक्षिक एवं अनुसन्धान यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।