Skip to main content
उपकुलपतिज्यूद्वारा तिला कर्णाली र रारा बहुमुखी क्याम्पसको अनुगमन भ्रमण

उपकुलपतिज्यूद्वारा तिला कर्णाली र रारा बहुमुखी क्याम्पसको अनुगमन भ्रमण

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूले विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसको अनुगमन भ्रमण गर्नुभएको छ। उहाँले कात्तिक ६ देखि ८ गतेसम्म कालीकोटस्थित तिला कर्णाली बहुमुखी क्याम्पस र मुगुस्थित रारा बहुमुखी क्याम्पसको भ्रमण गर्नुभएको हो।


अनुगमन भ्रमणका क्रममा उपकुलपति सुवालज्यूले दुवै क्याम्पसको समग्र वस्तुस्थिति, कक्षाकोठा, पुस्तकालयलगायत भौतिक पूर्वाधारको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो। उहाँले क्याम्पसमा उपलब्ध शैक्षिक तथा भौतिक सुविधाको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो।


यसैक्रममा उहाँले क्याम्पसका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै क्याम्पसको वर्तमान अवस्था र शैक्षिक गतिविधिबारे जानकारी लिनुभएको थियो। साथै, क्याम्पसको समग्र शैक्षिक तथा प्रशासनिक उन्नयनका लागि आवश्यक दिशानिर्देशसमेत गर्नुभएको थियो। उक्त भ्रमणमा उपकुलपति सचिवालयका सदस्यलगायतको सहभागिता रहेको थियो।