अन्तरराष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयको आसन्न अन्तरराष्ट्रिय सम्मेलनलाई सफल बनाउन छनौट गरिएका स्वयंसेवकहरूलाई बैशाख ३ गते सम्मेलन व्यवस्थापन समितिले सुर्खेतमा अभिमुखीकरण प्रदान गरेको छ ।
सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवाली, सदस्य सचिव डा. विष्णुकुमार खड्का, सदस्य एवम् स्वयंसेवक परिचालन उपसमितिका संयोजक डा. लक्ष्मीप्रसाद आचार्य, सदस्यद्वय डा, पुष्पराज आचार्य र उपप्रा. खेमराज रावतले प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा स्वयंसेवकहरूको भूमिका, जिम्मेवारी तथा कार्यसम्पादनका विभिन्न पक्षबारे जानकारी दिइएको थियो । सो अवसरमा स्ववियु कोषाध्यक्ष लोकेश रिजाल र दिपक उपाध्यायले मन्तव्य राख्नुभएको थियो । समितिले अनुशासन, समन्वय र प्रभावकारी व्यवस्थापन मार्फत सम्मेलनलाई सफल बनाउन सबै स्वयंसेवकलाई सक्रिय र जिम्मेवार बन्न आग्रह गरेको छ ।