Skip to main content
स्वयंसेवक र अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन टीम सम्मानित

स्वयंसेवक र अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन टीम सम्मानित

News

View Gallery
Loading...

मिति २०८३ साल बैशाख १३ गते मध्यपश्चिम विश्वविद्यालयमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफल बनाउन अहोरात्र खटिएका सम्मेलन व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा स्वयंसेवक विद्यार्थीहरूलाई खादा ओढाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको छ। सो अवसरमा डा. विष्णुकुमार खड्काद्वारा प्रकाशित “म बनाउँछु मेरो देश” कविता संग्रह स्वयंसेवकहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश तथा विदेशबाट सहभागी विज्ञ तथा पाहुनाहरूको स्वागत, सत्कार र सम्मानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने टोलीलाई उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू, सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीज्यू तथा स्वयंसेवक परिचालन उपसमिति संयोजक डा. लक्ष्मीप्रसाद आचार्यज्यू लगायतले सम्मान गर्नुभएको थियो।

उपकुलपति गौतमज्यूले स्वयंसेवकहरूले गरेको उदाहरणीय कार्यप्रति गौरव व्यक्त गर्दै पछिल्ला दुई वर्षयता विश्वविद्यालयले उल्लेखनीय प्रगति गरेको र सहयोगी तथा शुभेच्छुकहरूको सकारात्मक भावनाले थप काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। त्यसैगरी रजिष्ट्रार कँडेलज्यूले नकारात्मकताको प्रभावलाई चिर्दै सम्मेलन सफल बनाउन समर्पित भएर खटिएकोमा स्वयंसेवकहरूको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव डा. विष्णुकुमार खड्काज्यूले गर्नुभएको थियो।